पाकिस्तानको विमान दुर्घटनामा बचेका व्यक्ति भन्छन्, 'आगो मात्रै देखिरहेको थिए'

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं। शुक्रबार पाकिस्तानको कराँची एयरपोर्ट नजिकै भएको विमान दुर्घटनामा बाच्न सफल भएका एक व्यक्तिले आफ्नो अनुभव सुनाएका छन्।

महम्मद जुबैर ती भाग्यशाली दुई जना मध्येका एक हुन्, जो यस विमान दुर्घटनाबाट बाँचेका थिए।

अधिकारीहरुका अनुसार पाकिस्तानी एयरलाइन्सको एयरबस ए-३२० को विमान आवासीय क्षेत्रमा दुर्घटना भएपछि ९७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यो घटनाका लागि जिम्मेवार कारण के थियो भन्नेबारे अझै खुल्न सकेको छैन। तर,स्थानीय मिडियाका अनुसार विमानका चालकले एक पटक अवतरण असफल भएपछि विमानमा टेक्निकल गडबडी भएको खबर गरेका थिए।

त्यसपछि पाइलटले दुर्घटना हुनु ठीकअघि 'मेडे..मेडे' भन्दै विपत्तिको संकेत गरेका थिए। 

कसरी बाँचे जुबैर?

विमान ईदको समय भएकाले उक्त विमान ९१ जना यात्रुहरूसहित लाहोरबाट कराँची आउँदै थियो। विमानमा धेरै परिवारहरू सवार थिए।

विमान जब कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह २:३० बजे तिर अवतरण गर्न खोज्दै थियो त्यहि बेला दुर्घटनाग्रस्त भयो।

सामान्य चोटपटक सहित बाँचेका जुबैर भन्छन, 'विमानले एक पटक अवतरणका लागि कोशिस गर्यो तर, त्यसको १०/१५ मिनेटपछि दुर्घटना हुनपुग्यो।'

उनी भन्छन्, 'विमान दुर्घटना हुन्छ भनेर कसैले सोचेका थिएन। सबैजना विमानमा आरामका साथ उडान गरिरहेका थिए।'

विमान दुर्घटना पछि जुबैर बेहोस हुन्छन।

जब उनको होस खुल्छ उनी अगाडी भन्छन्,  'चारै तिरबाट बच्चाहरू र वयस्कहरुको चिच्याएको आवाज मात्र सुन्न सक्थे। मैले आगो मात्र देखिरहेको थिएँ। मैले कुनै कसैलाई देख्न सकिन। उनीहरूको चिच्याएको आवाज मात्र सुनें।'

 'जब मैले मेरो सिट बेल्ट खाोल्छु एउटा उज्योला रोशनी देखे। त्यसपछि म त्यो उज्यालो तिर दौडें। सुरक्षित स्थानमा पुग्न मलाई १० फिटको उचाइबाट तल दौड्नु पर्यो।'

कसरी भयो दुर्घटना?

लाहौरबाट कराँचीमा पुगेको विमान अवतरण हुनुअघि एयरपोर्टमा भन्दा ३.२ किलोमिटर परै आवासीय क्षेत्रको कालोनीमा खसेको थियो।

दुर्घटना हुनु अघि एयरक्राफ्टका चालकले सम्पर्कमा 'मेडे मेडे' भनेका थिए।

पीआईएका प्रमुख कार्यकारी अधिकारी एयर वाइस मार्शल अरशद मलिकले दुर्घटना लगत्तै विमान चालकले टेक्निकल समस्याहरूको बारे ट्राफिक कन्ट्रोललाई सूचित गरेको कुरा बताएका छन्।

पाकिस्तानको न्युज च्यानल वर्ल्ड न्यूजले पाइलट र एयर ट्राफिक कन्ट्रोलबीचको कुराकानी रेकर्डिंग भएको दाबी गरेको छ।

उक्त रेकर्डिहरू वेबसाइटमा पनि पोस्ट गरिएको छ।

उक्त कथित रेकर्डिंंगमा पाइलट भन्छन, 'दुईवटा इन्जिनले काम गर्न छाड्यो,, मेडे मेडे।'

प्रत्यक्षदर्शी के भन्छन्?

यसघटनालाई प्रत्यक्ष देखेका उजैर खान भन्छन् 'चर्को विस्फोटको आवाज सुनेपछि म भागे।'

उनी भन्छन्, 'चार घरहरू पूर्ण रूपमा ध्वस्त भइसकेका थिए। त्यहाँ आगो र धुवाँ मात्र थियो। ‘म तपाईलाई यो कति खतरनाक थियो भन्ने वर्णन गर्न सक्दिनँ’ ।

घटनास्थल नजिकै बस्ने डा.कंवल नाजिम भन्छिन्, 'घर बाहिर जाँदा मस्जिदको पछाडि कालो धुवाँ निस्किरहेको देखे, धुवाँ बढिरहेको थियो। मेरो घर दुर्घटना स्थलको एकदम नजिक छ, उनीहरुले चिच्याएको सुने।'

अर्को व्यक्ति जफर मसूद पनि यस दुर्घटनामा जीवित छन।

मसूद बैंक अफ पंजाबका अध्यक्ष हुन्। दुर्घटना पछि उनलाई गुलशन एजोहर अस्पतालमा भर्ना गरिएको छ।

-बीबीसी हिन्दी

यो पनि

पाकिस्तानमा भएको विमान दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय