भष्टाचार आरोपमा पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल पक्राउ

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उहाँ स्वदेश फर्किनुभए लगत्तै पक्राउ गरिएको थियो । उहाँले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताउनुभएको छ ।

एटेले भन्नुभयो, “घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो ।”

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गर्नुभएको छ ।

ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उहाँलाई दुई हप्ता क्वारेन्टिनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताउनुभयो ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिल आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट विदा दिनुभएको थियो । उहाँलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय