नेपालका ४१ जिल्लामा फैलियो कोरोना संक्रमण

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालका ७७ जिल्ला मध्येहालसम्म ४१ जिल्लामा कोरोना संक्रमण देखिएको जनाएको छ।

हालसम्मको  विवरण यस्तो छ
पर्सा : ९१
रुपन्देही : ३७
उदयपुर : ३३
कपिलवस्तु : ७७
बाँके : १४२
काठमाडौं : १३
धादिङ : २
कैलाली : ७
बारा : ११
धनुषा : ९
रौतहट :२२
वाग्लुङ : २
चितवन : ६
झापा : ३६
महोत्तरी : ३
भक्तपुर : ४
बर्दिया : ३
भोजपुर : १
कञ्चनपुर : १
नवलपरासी (पश्चिम) :६
सप्तरी: २
सर्लाही : ३२
नवलपरासी (पूर्व) : २
मकवानपुर : ३
दाङ : ५
काभ्रे : १
सिरहा : १
सिन्धुपाल्चोक :१
मोरङ : ५
धनकुटा : ७
गुल्मी : १
खोटाङ : १
दैलेख : १
सुनसरी : ३
ललितपुर : १
लमजुङ : १
रामेछाप : १
सिन्धुली : १
डडेलधुरा :१
बैतडी ५
सुर्खेत : ३
जम्मा : ५८४

शनिबार मात्रै नेपालमा ६८ संक्रमित थपिएका हुन। यसअघि आज बिहान ३२ जनामा संक्रमण फेला परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप ३६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

पछिल्लो तथ्यांक अनुसार बाँकेको नरैनापुरका २७ जना र बैतडीका ४ जनासहित ३६ जना नयाँ संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

नरैनापुरको मदरसाका १७ देखि ३२ वर्ष उमेर समूहका ६ जना, नरैनापुर ३, राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १६ देखि ३२ उमेर समूहका १५ जनामा पोजेटिभ देखिएको हो । यस्तै नरैनापुर कै १ मा २२ देखि ५० वर्ष उमेर समूहका ६ जनामा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ। आरडिटी परीक्षण पोजेटिभ आएपछि उनीहरु सेती अस्पतालमा उपचाररत थिए। २० वर्षका २ जना, २२ र २७ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी कोसी अस्पतालमा उपचाररत झापा गाउँपालिका झापाका ३३ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ। प्रवक्ता देवकोटाले सुर्खेतमा २ पुरुष र १ महिला गरी ३ जना र बर्दीयामा १९ वर्षिय पुरुषमा संक्रणम देखिएको बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।  शनिबारसम्म पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ९४ वटा नमुना परीक्षण पीसीआर विधिबाट भएका छन् । आरडिटी विधिबाट आरडिटी ४ हजार १ सय १९ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा १० हजार १ सय ६९, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ८ र बागमती २१ हजार ७ सय १२ जनाको आरडिटी परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिममा १९ हजार ८ सय १७ गरी अहिलेसम्म ८६ हजार २ सय ३५ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ६१, प्रदेश नम्बर २ मा ६ हजार ९ सय १०, बागमती प्रदेशमा ५ सय ३५ र गण्डकी प्रदेशमा ७ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा १ हजार ६ सय ७० र सुदूरपश्चिममा ४ हजार १ सय २ गरी देशभरी ३२ हजार ५ सय ८७ जना क्वारेन्टाइनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय