पूर्व युवराज पारस शाहको गाडी दुर्घटना, चालक पक्राउ

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं। पूर्वयुवराज पारस शाह सवार गाडी दुर्घटनामा परेको कास्की प्रहरीले जनाएको छ। गयराति करिब २ बजे शाह चढेको गाडी पोखरामा दुर्घटनामा परेको हो।

शाह सवार बा १४ च २१३१ नम्बरको गाडी मध्यराति पोखराको पृथ्वीचोकमा एउटा गोरुसँग ठोक्किएको हो।

गाडीको ठक्करबाट गोरु घटनास्थलमै मरेको छ। मध्यराति शाहलाई छातिमा समस्या भएपछि अस्पताल जाँदै गर्दा गाडी  दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

गाडीमा चालकसहित ३ जना थिए। गाडी दुर्घटनामा परेपछि पारसका सहयोगीले अर्को गाडीमा राखेर उनलाई अस्पताल लगेका थिए।

परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै अस्पताल शाह फिर्ता भएका छन्। पछिल्लो समय शाह पोखरामा बस्दै आएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय