यसरी गर्न सकिन्छ मास्कको पुनः प्रयोग

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

कञ्चन किसी

विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण बजारमा अझै पनि पर्याप्त मास्क उपलव्ध हुन सकिरहेको अवस्था छैन । यसै अभावका कारण अहिले मास्कको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ । 

सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल मास्कहरुको अभावका कारण मानिसहरु कपडाको मास्क प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभई चिकित्सकहरुमाझ पर्याप्त मात्रामा सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीएसको उपलव्ध नभएकोले मास्कको पुनः प्रयोग गर्न उनीहरु पनि बाध्य भएका छन् ।


 
साधारणतयाः कपडाको मास्क प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ । कपडाको मास्क प्रयोग गर्दा पटकपटक साबुन र मन तातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको मास्क अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । बीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता मास्कको आयु बढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।
  
सर्किकल मास्क, पेपर मास्क तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरु छेक्छ । सर्जिकल मास्कलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरुमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका मास्कहरु साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ । 

सबैभन्दा उत्कृष्ट मास्कका रुपमा एन ९५, केएन ९५, एफएफपीटू मास्कलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शून्य दशमलब तीन एमएम भन्दा ठूलो सबै पार्टिकललाई यसले फिल्टर गर्नसक्छ । कम्तिमा ९५ प्रतिशत एयरबोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ मास्कलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।

यी मास्कहरु ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी मास्कहरुलाई राम्रोसँंगै टाइट फिटिंग हुनेगरी लगाउनुपर्छ । यसलाई कम्तिमा पाँंचपटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरु उद्योगहरुमा अपनाइन्छन् । यी तरिकाहरु उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई १ सय २५ डिग्री सेल्सियस् तातोपानीमा ३ मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको मास्कको पुनः प्रयोग गर्न सक्छौं ।

(किसी बी फार्मेसी तेस्रो वर्षकी विद्यार्थी हुनुहुन्छ ।)
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय