कोरोना महामारी : चीनमाथि कारवाही गर्दै अमेरिका

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । कोरोना महामारीका बीच अमेरिकाले चीनका ३३ बढी कम्पनी र संस्थाहरुलाई कालोसुचीमा राख्ने भएको छ। 

कथित रूपमा चिनियाँ सेनासँग र वेगर अल्पसंख्यक मुस्लिमहरूसँग सम्बन्धित रहेका कम्पनीलाई अमेरिकाले कालोसुचीमा राख्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

कोरोना भाइरस महामारी पछि अहिले दुबै देशबीच तनाव बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको एक प्रयोगशालाबाट आएको र यसको आफूसँग प्रमाण रहेको बताउँने गरेकाछन्।

अमेरिकी वाणिज्य मन्त्रालयले एक विज्ञप्ति मार्फत विगर समुदायमाथिको मानवअधिकार उलंघनका घटनाका लागि जिम्मेवार भन्दै सात कम्पनी र दुई संस्थालाई सूचीबद्ध गरिसकेको छ । 

मन्त्रालयले अर्को विज्ञप्तिमा दुई दर्जन अन्य कम्पनीहरु, सरकारी संस्था र व्यावसायिक संगठनहरुलाई चिनियाँ सेनाको  लागि सामान आपूर्ति गरेको भन्दै सूचीबद्ध गरेको जनाएको छ।

कालोसूचीमा राख्न लागिएका कम्पनीहरूमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र फेशियल रिकोग्निजेसन जस्ता प्रविधिक क्षेत्रमा काम गर्ने कम्पनीहरु पनि छन्।

कालोसूचीमा राखिन लागिएका कम्पनीहरूमा चीनको नेटपोजा नामक एक ठूलो चिनियाँ एआई कम्पनी पनि सामेल छ । जसले अनुहारका आधारमा सहयोगी कम्पनीहरूले मुसलमान माथिको निगरानीमा संलग्न रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय