पाकिस्तानमा भएको विमान दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । पाकिस्तानको कराँची सहरमा विमानस्थल नजिकै भएको दुर्घटनाग्रस्त यात्रुवाहक विमानको सीसीटीभी फुटेज बाहिरिएको छ।

उक्त फुटेजमा विमान कराँची एयरपोर्टमा अवतरण गर्नुअघि आवासीय क्षेत्रमा खसेको देख्न सकिन्छ छ।

बीबीसी उर्दूका जीशान हैदरले उक्त घटनाको सीसीटीभी फुटेज ट्वीट गरेका छन, जसमा विमान खस्केको देखिन्छ।

जीशानले ट्वीटमा विमानको इञ्जिनमा आगो लागेको र दुर्घटना भएको उल्लेख गरेका छन्।

पाकिस्तान एयरलाइन्सको उक्त विमान शुकबार अवतरण अघि दुर्घटना हुँदा सवार ९९ जना मध्ये ९७ जनाको मृत्यु भएको छ। जसमा २ जनाको उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

विमानस्थलमा ल्याण्ड गर्नुअघि ३.२ किलोमिटर टाढा रहेको आवासिय कोलोनाीमा विमान खसेको हो।

दुर्घटनाअघि विमान चालकले इन्जिन खराब भएको र विपत्तिको संकेत जारी गरेका थिए। विमान दुर्घटना अघि भएको सम्पर्कमा पाइलटले ‘मेडे मेडे मेडे' भनेको सुनिन्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय