शिक्षण अस्पतालमा उपचाररत अर्का बिरामीमा कोरोना संक्रमण पुष्टि

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।

शुक्रबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा कोरोना भाइरस पुष्टि भएको थियो। 

मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसन वार्डमा सारिएको छ। ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन। 

केही दिनअघि पनि त्रिवी शिक्षण अस्पतालमा उपचाररत एक बालिकामा कोरोना संक्रमण देखिएपछि चिकित्सकसहित केही कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय