कोरोना पुष्टि भएका ३२ जना काठमाडौँ र चितवनसहित कपिलवस्तु, सर्लाही र बारा निवासी

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ ।  नेपालमा थप ३२ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरेको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका र २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै संक्रमित पुष्टि हुनेमा सर्लाहीको गडैताका १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन्। 

यसैगरी बाराको करैयामाईमा ३७ वर्षीया महिला र काठमाडौँमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणीका २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेमा कोरोना संक्रमण पुष्टि भएको छ। भने चितवनको भरतपुरका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय