युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ। 

युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो। 

युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ। ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका/गुमाउँदै छन्।’ आजको नागरिक दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय