कोरोनाका कारण आमा गुमाएका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ११ दिनमै आमा गुमाएका शिशु आज काभ्रेस्थित धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्। आमाको मृत्युपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका ति शिशुको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो। तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। तर, शिशुलाई अहिले कम भएपछि अस्पतालले थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न सुझाव दिंदै डिस्चार्ज गरेको हो ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको थियो । परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय