भारतीय प्रधानमन्त्री मोदी पश्चिम बंगालमा

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पश्चिम बंगालको भ्रमणमा निस्किनुभएको छ । उहाँ शुक्रबार बिहान कोलकाता विमानस्थल पुग्नुभएको बताइएको छ। 

भारतको पश्चिम बंगालमा अम्फान आँधीले पु¥याएको क्षतिको अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

बुधबार र बिहीबार आएको अम्फान आँधीका कारण पश्चिम बंगालमा मात्र ७२ जनाको मृत्यु भएको समाचार यसअघि नै आइसकेको छ । प्रधानमन्त्री मोदीलाई शुक्रबार बिहान कोलकाता विमानस्थलमा पश्चिम बंगाल राज्यका गभर्नर जगदीप धनखर र पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले स्वागत गर्नुभएको थियो ।

हिजोको आँधीको कारण कोलकाता विमानस्थल जलमग्न भएको थियो ।  आँधीले यस राज्यमा मात्र पाँच हजार भन्दा बढी घर भत्काएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर बंगालमा आँधीबाट जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । उहाँले यहाँका शोकाकुल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको थियो । 

त्यस आँधीको क्षतिको बारेमा जानकारी लिन र शोकमा परेका परिवारलाई सान्त्वना दिन उहाँ आज पश्चिम बंगाल पुग्नुभएको हो ।  साथै यस भ्रमणपछि उहाँले त्यहाँका अधिकारीहरुलाई विशेष दिर्नेशन दिने कार्यक्रम रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

बंगालको खाडीबाट आएको अम्फान नामको आँधी कोलकाता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । यस आँधीका कारण आसाम, मेघालयमा समेत असर गरेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय