नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु पुष्टि

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौँ। नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो।

जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।

अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो। यसअघि काभ्रेको धुलिखेल अस्पताल एक महिला र बाँकेको आइसोलेसन वार्डमा एक युवकको मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय