नेपाली महिलाको अपमान गर्ने अनुष्का शर्माविरुद्ध ‘लिगल नोटिस’

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडाैं । भारतमा हालै प्रदर्शनमा आएको एक वेब सिरिजामा नेपाली महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएकामा उक्त सिरिजकी निर्मात्री अनुष्का शर्मा विरुद्ध ‘लिगल नोटिस’ जारी भएको छ । अनुष्काले निर्माण गरेको उक्त सिरिजमा नेपाली महिलाहरुमाथि रण….जस्तो तुच्छ शब्दावली प्रयोग भएको छ ।

भारतमा कुनै पनि विषयमा कानूनी कारबाही थाल्नुअघि विपक्षीलाई दिइने पूर्वजानकारीलाई ‘लिगल नोटिस’ भनिन्छ । भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्ने एक संस्थासँग सम्वद्ध कानून व्यवसायी वीरेनश्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् ।

नोटिसमा सिरिजमा प्रयोग भएको शब्दले नेपालीहरुको अपमान भएको उल्लेख छ । उक्त सिरिजमा एक भारतीय महिला प्रहरीले सोधपुछका क्रममा नेपाली महिलाका रुपमा खडा गरिएकी पात्रलाई तुच्छ र घिनलाग्दो लागी गरेकी छन् । उक्त सिरिजलाई लिएर नेपालमा मात्र नभई भारतमा समेत चर्को विरोध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय