'भारतले नेपालको नयाँ नक्सा मान्दैन भन्ने त पहिल्यै थाहा थियो'

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौं । भारतले बुधबार नेपालको नयाँ राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदै अस्वीकार्य रहेको जनाएको छ।

लपुलेक, लिम्पयाधुरा र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको यस्तो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जालमा यो बिषयले अहिले चर्चा पाएको छ।

नेपालको राजनीतिक नक्सा भारतले अस्वीकार गरेपछि हाल स्वीडेनमा अध्यापनरत एकजना भारतीय प्राध्यापक अशोक स्वइनले यस्तो ट्विट गरेका छन्।

''भारतले नेपालको नयाँ नक्सा मान्न अस्वीकार गर्‍यो। कसैले पनि भारतले यो स्वीकार्ला भनेर आशा गरेका थिएनन्। आखिर यो 'नक्शा युद्ध'को सुरूवात गर्ने को हो? भारतले एकतर्फी २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा किन जारी गर्यो? शक्ति उन्मादको अन्धो मोदी सत्ताको उक्त कदम काश्मिरको नक्शा फेर्नु थियो। तर, नेपाल कश्मीर होइन''

यस्तै, अर्को ट्विटमा उनले आफ्नै विनाश निम्त्याउँने मोदीको विदेश नीतिका कारण अन्य देशसँगको भारतको स्थापित मैत्री सम्बन्ध बिग्रिरहेको उल्लेख गरेका छन्।

भारतले नेपालको नक्सा अमान्य रहेको बताएपछि नेपाली संविधानविद् भीमार्जुन आचार्यले यस्तो ट्विट गरेका छन्।

नेपाली काँगेसका नेता गगन थापाले भारतलाई जवाफ फर्काउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस

समाज भारतले भन्यो, 'नेपालको नयाँ नक्सा हामी स्वीकार्दैनौं'
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय