सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरीअन्तर्गत सीमा सुरक्षामा खटिएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। मंगलबार कोसी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षण गर्दा उनको रिर्पोट पोजिटिभ आएको थियो।

सहकर्मी बिरामी भएपछि उनले गाडीमा राखेर अस्पताल पुर्‍याएका थिए। त्यसपछि दुवै जनाको पीसीआर परीक्षण गरिएकोमा बिरामी भएर गएका जवानको नेगेटिभ र उनको पोजिटिभ रिपोर्ट आएको हो।

रिपोर्ट आएलगत्तै उनलाई कोसी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय