भारतमा अपुंन चक्रवातबाट २ जनाको मृत्यु, १५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

एजेसी । अपुंन चक्रवातका कारण भारतको पश्चिम बंगाल र ओडिशामा ठुलो प्रभाव देखिएको छ। त्यहाँ अहिले भारी वर्षा र हुरी बतास चलिरहेको छ।

ओडिशा लगायतका ठाउँहरूमा भयानक आँधी चलिरहेको छ।

भारतीय मौसम विभागका अनुसार कोलकाता लगायत ठाउँहरूमा हावाको गति प्रतिघण्टा ११० किलोमिटरभन्दा माथि हुनसक्‍ने चेतावनी दिइएको छ।

समाचार संस्था पिटिआइले अहिले सम्म पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ।  आँधी प्रभावित क्षेत्रबाट १५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चक्रवात आउने पूर्वानुमानपछि पश्चिम बंगलामा ५ लाखभन्दा बढी र उडिसा राज्यमा १ लाख ५८ हजार ६ सय ४० जना मानिसहरलाई सुरक्षित स्थानमा सारिएको छ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय