नेपालको नयाँ नक्साको समर्थन गर्दा मनिषा कोइरालामाथि खनिए भारतीय

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौँ । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालीहरु निकै खुसी र उत्साहित बनेका छन्। यसै क्रममा बलिउड क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालाले पनि नेपालको नयाँ नक्साको स्वागत गरेकी छिन्। 

मनिषाले नयाँ नक्साको स्वागत गर्दा भारतीय मिडियादेखि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन्। 

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन्। 

कतिपयले मनिषालाई चीनको पक्ष लिएको समेत आरोप लगाएका छन्। नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाउँदै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप समेत लगाएका छन्। 

नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै मनिषाले एक ट्वीट गर्दै त्यसको स्वागत गरेकी थिइन्। उनले ट्वीटमा लेखेकी छिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको छ भने भारतीय मिडिया उनीमाथि खनिएका छन्। 

एक प्रयोगकर्ताले लेखेका छन्, ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग । यसलाई भारतबाट लखेट। यसको फिल्म बहिष्कार गर । ’

यस्तै अर्का एक व्यक्तिले मनिषालाई बहिष्कार गर्न माग गरेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय