सुनकोशीमा जिप खस्यो, दुई जना बेपत्ता

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप सुनकोशी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। 

दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बा १६ च ८८३८ नम्बरको बोलेरो उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन्।

दुर्घटनामा भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय  भोला महत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। जिपमा सवार महिला घाइते भएकी छन्। उनको बनेपा शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बोलेरोले खाद्यान्न बोकेको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय