वुहानमा जंगली जनावरको मासु खान प्रतिबन्ध

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौं । कोरोना भाइरसको उदगमस्थल मानिने चीनको वुहान शहरमा जंगली जनावरको मासु खान प्रतिबन्ध लगाइएको छ।

हुबेईप्रान्तले बुधबार जंगली जनावरको सिकार गर्न तथा मासु खान प्रतिबन्ध लगाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

कोरोना भाइरस फैलिएपछि चीनका केही अन्य प्रान्तमा समेत कुकुर/बिरालोको मासुमा प्रतिबन्ध लागेको छ। बुधबार हुबेई प्रान्तले जंगली जनावरको मासुमा प्रतिबन्ध लगाएको हो।

कोरोना भाइरस वुहानको समुँद्री बजारबाट फैलिएको बताइन्छ। हालसम्म यसको पुष्टि नभएपनि चमेरोबाट मानिसमा उक्त भाइरस आएको विज्ञहरुले बताउँने गरेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय