सोनाक्षीको पेन्टिङ लिलामीमा

dainikonline
दैनिक अनलाइन | जेठ ७, २०७७ बुधबार | 0

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले पेन्टिङ लिलाम सुरु गरेकी छन् । उनका डिजिटल प्रिन्ट, क्यानभास र स्केचको सुरुवाती रकम ६ देखि ४० हजारसम्म रहेको छ । लिलामीबाट मिलेको रकम उनी कोभिड १९ रिलिफ फन्डमा जम्मा गर्ने उनले बताएकी छन् ।

अभिनेत्री सिन्हाले लकडाउनमा बनाएका आर्ट वर्कमा प्रत्येकको नामसमेत दिएकी छन् । उनले बनाउने समयको अनुभवसमेत सुनाएकी छन् । उनका प्रत्येक कामका लागि फरक फरक रकमसमेत उल्लेख गरेकी छन् ।

उनलाई यो सब कामको लागि आ“शुल कपुरको सहयोग लिएको बताएकी छन् । तर, मंगलबारसम्म उनको कुनै पेन्टिङ बिक्री भएको छैन । तर, उनी आफ्नो पेन्टिङ बिक्री हुनेमा आश्वास्त छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय