गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | जेठ ५, २०७७ सोमबार | 0
फाइल फोटो

गुल्मी। उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ।

यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएको हो।

उहाँको अवस्था गम्भीर रहेको बताइएको छ। स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अवस गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएका उहाँको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिनुभयो।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उहाँले बताउनुभयो।

मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आउनुभएका उहाँमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आउनुभएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो।

नेपालमा आज एकैपटक ५३ जनामा संक्रमण पुष्टि भएको हो।

यो पनि

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय