फेसबुकका मालिक मार्क जुकरबर्गले पत्नीबाट कटाए कपाल

dainikonline
दैनिक अनलाइन | जेठ ३, २०७७ शनिबार | 0

न्युयोर्क। लकडाउनका कारण धेरै मानिस अहिले घरमै थुनिएका छन्। धेरैले घरबाट अनलाइन मार्फत काम गरिरहेका छन्।

सम्भावित संक्रमण रोकथामका लागि लकडाउन आदेश जारी गरिएको हो।

लकडाउनका कारण अहिले जिमखाना, सैलुन, ब्युटिपार्लर आदि सबै बन्द छन्।

यस्तो अवस्थामा धेरैलाई कपाल काट्न समस्या भएको छ। सेलिब्रेटीहरुले भने आफ्ना प्रियजनसँगै घरमै कपाल काटिरहेका छन्।

फेसबुकका मालिक मार्क जुकरबर्गले शनिवार एक पोस्ट गर्दै पत्नीबाट कपाल काटेको फोटो सेयर गरेका छन्।

केही दिनअघि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले पनि यस्तै तस्विर सेयर गरेका थिए जसमा श्रीमती एवं बलिउड अभिनेत्री अनुष्का शर्माले कपाल काटिरहेको देख्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय