अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली चलाए, प्रहरी अधिकृतसहित ५ जनाको मृत्यु

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

पाक्तीया । अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको ज्यान गएको छ। 

पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिनुभयो। 

कमरानका अनुसार  उक्त गोलीकाण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएका छैनन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय