२४ घण्टामै भारतमा थप ३ हजार ७२२ जनामा कोरोना संक्रमण

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

भारत । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ ।  गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

भारतमा बुधबार एक दिनमा १३४ को मृत्यु भएको र यसपछि  प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ। यस संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।

कोभिड-१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन्। यहाँमात्र २५ हजार ९२२ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ। त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमति रहेका छन्। दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार नाघेको छ। 

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो। 

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो। दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय