ट्रक र बस एक आपसमा ठोक्किँदा दुर्घटना, ८ जनाको मृत्यु

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

भारत । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ। 

स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ। गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ।

यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ। यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय