कोरोना कहिल्यै नियन्त्रण नहुने डब्लुएचओको चेतावनी

dainikonline
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहिल्यै नियन्त्रणमा आउन नसक्ने चेतावनी दिएको छ । जेनेभामा भएको एक भर्चुअल कन्फरेन्समा डब्लूएचओका आपतकालीन निर्देशक माइकल रयानले आगामी धेरै समयसम्म पनि कोरोना अन्त्य नहुने बताए ।

एचआईभी एड्सजस्तै कोभिड–१९ पनि कहिल्यै उन्मुलन नहुने देखिएको स्पष्ट गरे । कोभिड–१९ विरुद्धको भ्याक्सिन तयार नभएको र मानिसहरुको प्रतिरोधी क्षमता वृद्धि हुन वर्षौं लाग्ने भएकाले संक्रमण तत्काल नियन्त्रणको सम्भावना नरहेको उल्लेख गरे ।

संसारभर यस वटा भ्याक्सिन निर्माणको प्रयास भइरहे पनि सफलता प्राप्त नएको स्मरण उनले गरे । उनले लकडाउनमा रहेको संसार विस्तारै खुला हुन थालेकामा चिन्ता व्यक्त गर्दै सतर्क रहन अपिल गरे । रयानले जनजीवन सामान्य हुन अझै धेरै समय लाग्ने सक्ने चर्चा गरे । ‘कोभिड–१९ कहिलेसम्म रहन्छ भन्नेबारे कसैले पनि केही बताउन सक्दैन’, रयानले भने, ‘सायद एचआईजी एड्सजस्तै यो लामो समय रहन सक्छ ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय