पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण

dainikonline
दैनिक अनलाइन | बैशाख २९, २०७७ सोमबार | 0

 काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ।

श्रेष्ठले आफूमा कोरोना भाइरस पोजेटिभ देखिएको बताएका छन्।

वैदेशिक रोजगारीको लागि हाल दुबईमा रहेका रञ्जितले  फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्। 

हाल आफू सेल्फ आइसोलेसनमा बसेको उनले जनाएका छन्।

पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने उनले बताएका छन्।

उनले भिडियोमा भनेका छन्, 'मलाई कोरोनाको पोजेटिभ छ। संक्रमण भएको पाँच दिन भयो। तर आत्तिनुपर्ने केही छैन। कहिले काँही ड्राइ कफ हुन्छ। रुममा बसेको छु, खाना खान्छ, जगिङ गर्दै बसेको छु।’

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी राञ्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका थिए।

फुटबलका तत्कालिन राष्ट्रिय खेलाडी र पदाधिकारीसँग रञ्जित श्रेष्ठ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय