गायिका नेहा कक्कर विश्वकै दोस्रो नम्बरमा

dainikonline
दैनिक अनलाइन | बैशाख २८, २०७७ आइतबार | 0

मुम्बई । सेलेना गोमेज, बिली एलिस, माइली सायरसलगायतलाई उछिन्दै बलिउड गायिका नेहा कक्करले दोस्रो स्थानमा उक्लिएकी छिन्। 

सुपरहिट गीतका कारण विश्वमै आफ्नो अलग्गै पहिचान बनाएकी नेहाले दुनियाँभरका अन्तर्राष्ट्रिय गायिकालाई उछिन्दै नयाँ रेकर्ड बनाएकी हुन्।

हालै एक्स एक्ट्स चार्ट्सले सार्वजनिक गरेको सूचीमा नेहा दोस्रो स्थानमा रहेकी छिन्। उक्त सूचीमा २०१९ मा युट्युबमा दुनियाँभरबाट सबैभन्दा बढी हेरिएका महिला समावेश गरिएका छन्।

नेहा एक्स एक्ट्स चार्ट्सको काउन्ट डाउनको दोस्रो नम्बरमा छिन्। नेहाले यसको जानकारी आफ्नो सोसल मिडिया अकाउन्टमार्फत दिएकी हुन्। सूचीमा अमेरिकन र्‍यापर कार्डी बी ४.८ बिलियन भ्युजसँगै पहिलो नम्बरमा छिन्। नेहा ४.५ बिलियन भ्युज पाएर दोस्रो नम्बरमा छिन्। यो सूचीमा नेहाबाहेक कोही पनि भारतीय महिला कलाकार छैनन्।

नेहाले सेलेना गोमेज, बिली एलिस, माइली सायरस, ब्ल्याक पिंक, केरल जी, निकी मिनाज र ग्र्यान्डजस्ता चर्चित गायिकालाई उछिनेकी छन्। यो उपलब्धिपछि उनलाई सोसल मिडियामा बधाईको आइरो लागेको छ। 

सुमधुर स्वरकी धनी नेहा सुन्दर जीउडाल, हँसिलो चेहरा र मुस्कानले पनि फ्यानहरुलाई आफूतिर आकर्षित गरिरहन्छिन्। उनले आफ्नो गीति यात्राका क्रममा धेरै हिट गीत दिएकी छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय