छोराले खाल्डोमा गाडेकी आमालाई चीनमा प्रहरीले गर्यो उद्धार

dainikonline
दैनिक अनलाइन | बैशाख २६, २०७७ शुक्रबार | 0

बेइजिंग । उत्तरी चीनमा प्रहरीले एक व्यक्तिलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको छ।

आफ्नी वृद्ध आमालाई एउटा खाल्डोमा पुरेर मार्ने प्रयासपछि ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

चिनियाँ सञ्चार माध्यमका अनुसार ५८ बर्षीय ती पुरुषले आफ्नी ७९ बर्षीया आमालाई खाल्डोमा पुरेका हुन।

अधिकारीहरुका अनुसार ती पुरुषले महिलालाई बेहोस बनाएर खाल्डोमा गाडेका थिए।

आमा हराएपछि गाँउका सबैजना खोज्न थाले। प्रहरीमा निवेदन समेत दर्ता गरिएको थियो। 

ती पुरुषकी श्रीमतीले प्रहरीसमक्ष आमालाई गाडिएको बताएपछि महिलाको ३ दिनपछि जिउँदै उद्धार गरिएको हो।

खाल्डोमा छोपिएको अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको हो।

ती वृद्ध महिलालाई पक्षघात भएको थियो। उनका छोराले लगातार  स्याहार गर्नुपर्दा थकित भएको चाइना डेली अखबार उल्लेख गरेको छ।

चीनको ग्रामिण क्षेत्रमा मानिसहरुलाई सरकारी सहयोगको अभाव छ। सामान्यतया परिवारले नै वृद्धवृद्धा तथा आफन्तहरूको हेरचाह गर्ने अपेक्षा गरिन्छ।-एजेन्सी

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय