आमा म के लेखौं ?

dainikonline
दैनिक अनलाइन | बैशाख १३, २०७७ शनिबार | 0

सुग्रीव श्रेष्ठ

मेरो आँखाको पहिलो दृश्य तिमी
मेरो बोलाइको पहिलो शब्द तिमी
मेरो हिडाइको पहिलो पाइला तिमी
आमा तिमीलाई साक्षी राखेर
म प्रतिवेदन लेखौं कि मनोवाद?

मेरो अन्नको पहिलो दाना तिमी
मेरो विद्याको पहिलो गुरु तिमी
मेरो निद्राको पहिलो काख तिमी
आमा तिमीलाई सम्झेर 
म गजल लेखौं कि मुक्तक?

मेरो आस्थाको पहिलो शक्ति तिमी
मेरो खुशीको पहिलो हासो तिमी
मेरो अन्धकारको पहिलो दिवाकर तिमी
आमा तिमीलाई सम्झेर 
म कविता रचुँ कि कथा?

मेरो हरेक काममा पहिलो आशिर्वाद  तिम्रो
मेरो सफलतामा पहिलो हौसला तिम्रो
मेरो कर्मको पहिलो साहारा तिम्रो
आमा तिम्रो यो बलियो साथको 
म संग्रह बनाउँ कि किताब?

मेरो दुःख बिसाउने विशाल हृदय तिम्रो
मेरो जिन्दगीको पहिलो माया तिम्रो
मेरो निद्राको पहिलो सपना तिम्रो
आमा तिम्रो यो अनन्त मायाको 
म साहित्य लेखौं कि इतिहास?

मेरो मन्दिरको पहिलो भगवान तिमी
यो धरतीको पहिलो साथी तिमी
मेरो जीवनको पहिलो प्राण तिमी
आमा तिमीलाई 
म कुन शब्द र वाक्यले पुकारौं?

त्यस्ता कुनै बनेकै छैनन् शब्दहरु 
आमा तिमीलाई पुकार्ने
आमा तिमी र देश एउटै लाग्छ मलाई 
तिमी र देशलाई पुकार्ने 
कुनै शब्द र वाक्य नै छैन मसँग
त्यसैले त 
जननी जन्म भुमिस्च स्वर्गदपी गरियसी !

कक्षा : ११ 
लालीगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँट कोटेश्वर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय