धनगढी पुग्यो चिकित्सक टोली

dainikonline
काठमाडौंबाट धनगढी विमानस्थलमा पुगेको चिकित्सक टोली । तस्बिरः मीन ठकुरी, रासस
दैनिक अनलाइन | बैशाख ५, २०७७ शुक्रबार | 0
काठमाडौंबाट धनगढी विमानस्थलमा पुगेको चिकित्सक टोली । तस्बिरः मीन ठकुरी, रासस

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै जोखिम बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली शुक्रबार धनगढी पुगेको छ।

सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो। यती एयरलाइन्सको जहाजमार्फत चिकित्सकको टोली धनगढी पुगेको छ।

यो चिकित्सकको टोलीलाई प्रदेश सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत डाक्टरहरुलाई खटाइने तयारी भइरहेको बताउनुभयो।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगेको छ। उनीहरु पाँचै जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय