कोरोनालाई लिएर डब्लुएचओसँग चिढिए ट्रम्प, पैसा रोकिदिने धम्की

dainikonline
दैनिक अनलाइन | चैत २६, २०७६ बुधबार | 0

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका बीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को चर्को आलोचना गरेका छन्। 

ट्रम्पले डब्लूएचओले चीनलाई मात्र ध्यान दिएको आरोप लगाएका छन्।

ट्रम्पले भनेका छन्, ''विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले अमेरिकाबाट ठूलो रकम पाउने गर्छ। जब मैले चीनको यात्रामा प्रतिबन्ध लगाए डब्लुएचओ मसँग असहमत थियो र मेरो आलोचना गर्यो। वास्तवमा तिनीहरू (डब्लुएचओ)धेरै कुराको बारेमा गलत थिए। आफ्नो ध्यान चीनमा बढी केन्द्रित गरेको देखिन्छ। हामी डब्लूएचओकामा गरिएको खर्च रकममा प्रतिबन्ध गर्न गइरहेका छौँ।''

संयुक्त राष्ट्र सङ्घको निकाय डब्लुएचओको दोस्रो ठूलो आर्थिक स्रोत अमेरिका मानिन्छ। 

'अमेरिका फस्ट'को नारा दिने ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनमाथि ठूलो आर्थिक कटौती हुन सक्ने चेतावनी दिएका हुन।

अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख बढि मानिस संक्रमित भएका छन् भने झण्डै १३ हजारको मृत्यु भइसकेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय