विश्व कल्याणका लागि नेपालीहरुले घरमा बाले दियो

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

काठमाडौं । नेपालीहरुले आइतबार साँझ दिप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गरेका छन्।

विश्व मानवका लागि जोखिम बन्दै गएको कोरोना विरुद्ध नेपालीहरुले स्वस्फूर्तरूपमा घरआगनमा दियो बालेर विश्व कल्याणको कामना गरेका हुन्।

नेपालको छिमेकी देश भारतमा आजै राति ९ बजे देखि ९ सम्म दियो तथा मैनबत्ति बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले अपील गरेका छन्।

नेपालीहरुले भने स्वस्फूर्तरूपमा ७ बजे विश्व शान्तिको कामना गर्दै दियो बालेका हुन।

उज्यालोले अन्धकारको बादललाई हटाउने विश्वास सहित दीप बालिएको हो। 

यस्ता कार्यक्रमले भयबाट मुक्त हुन तथा मानसिक रुपमा बलियो हुन मदत गर्ने विश्वास गरिन्छ। 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय