कैलाली सहित ३ जिल्लामा र्यापिड टेस्ट गर्ने सरकारको निर्णय

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौं ।  सरकारले कोरोना भाइरसका संक्रमित फेला परेका जिल्लामा परिक्षण बढाउने भएको छ।

शनिबार बसेको बैठकले तीन जिल्ला (कैलाली, कञ्चनपुर र बागलुङ)मा कोरोना भाइरसको र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका छन्।

मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय