अष्ट्रेलिया सरकारले भन्यो, ६ महिना खर्च धान्न नसक्नेहरु आफ्नो देश फर्क

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौँ । अष्ट्रेलिया सरकारले अस्थायी भिसा बाहेकका २० लाख बढी प्रवासी नागरिकलाई आफ्नो देश फर्कन निर्देशन दिएको छ। 

कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै अष्ट्रेलिया सरकारले त्यहाँ रहेका विभिन्न देशका विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन निर्देशन दिएको हो। 

अष्ट्रेलियामा विभिन्न प्रकारका २१ लाख ७० हजार अस्थायी पर्यटक छन्। उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेको अष्ट्रेलियाका सहायक आप्रवासी मन्त्रीले बताउनुभएको हो। तर अबको छ महिनासम्म आफ्नो खर्च धान्न नसक्ने अस्थायी भिसा भएका मानिसलाई भने आफ्नो मुलुक फर्किन उहाँले सुझाव दिनुभएको हो।

सहायक आप्रवासीमन्त्री एलन टुड्गेले शनिबार भन्नुभयो, ‘यस्ता मानिसहरुका लागि यो घर फर्किने समय हो र उनीहरुले घर फर्किने व्यवस्था छिटोभन्दा छिटो मिलाउनुपर्छ ।’अष्ट्रेलिया सरकारले शनिबार गरेको घोषणामा पीआर पाउने मानिसहरु भने समावेश गरिएको छैन।

मन्त्री टुड्गेले अष्ट्रेलियामा रहेका दुई लाख तीन हजार पर्यटकलाई जतिसक्दो छिटो आफ्नो मुलुक फर्किन अनुरोध गर्नुभयो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय