सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छः विप्लव

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको आशंका व्यक्त गर्नुभएको छ। 

विप्लवले कोरोनाको आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताउनुभएको हो। 

‘शनिबार उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो।’

प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको पनि विप्लवको आरोप छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय