कोरोना भाइरसबाट अमेरिकामा एकै दिन १३ सय २१ जनाको मत्यु

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०५ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ भने ८२ हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६० पुगेको छ भने १० लाख ९८ हजार ४ सय ३४ जना कोरोना संक्रमित बनेका छन्। कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ। 

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२१ जनाको मृत्यु भएको छ भने ३२ हजार २ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। यो दर विश्वकै सबैभन्दा उच्च हो। यो सँगै  अमेरिकामा मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९१ पुगेको छ भने २ लाख ७७ हजार १६१ जना संक्रमित बनेका छन्। 

जसमध्ये ५ हजार ७ सय ८७ जनाको अवस्था गम्भिर रहेको छ भने १२ हजार २ सय ८३ जना उपचारपछि घर फर्किएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय