बेलायतमा कोरोना संक्रमणका कारण २४ घण्टामा २ नर्सको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । 

एमीओ राउरके र एरेमा नसरिनको कोरोनाका कारण मृत्यु भएको हो। ज्यान गुमाउनेमध्ये एक ३९ र अर्की नर्स ३६ वर्षको रहेको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। एकको क्यूईक्यूएम र अर्कोको वेस्ट मिडल्यान्डमा उपचारका क्रममा मृत्यु भएको हो। 

समाचारका अनुसार बेलायतका चिफ नर्स अफिसर रुथ मेले दुई नर्सको मृत्यु भएको पुष्टी गरेकी हुन्। उनले घरमै बसेर उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणलाई आह्वान पनि गरेको समाचारमा उल्लेख छ। 

यो पनि 

जनावरमा गरेको कोरोनाको खोप परीक्षणमा सफलता

भारतमा तीन दिनको शिशु र आमामा कोरोना भाइरसको संक्रमण

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय