धार्चुलाको क्वारेन्टाइनमा यसरी सुतेका छन् नेपाली

dainikonline
तस्विर : धर्मेन्द्र जोशीबाट
दैनिक अनलाइन | चैत २१, २०७६ शुक्रबार | 0
तस्विर : धर्मेन्द्र जोशीबाट

दार्जुला । नेपालले प्रवेश गर्न नदिएपछि अहिले दार्जुलाको सिमावर्ती भारतीय बजार धार्जुलामा थुप्रै नेपाली थुनिएका छन्।

लकडाउनको आदेश पछि भारतका विभिन्न सहरबाट सिमा नाकामा पुगेका उनीहरुलाई प्रहरीले गृहमन्त्रालयको आदेशमा नेपाल प्रवेश गर्न नदिएको हो।

आफ्नै देशमा प्रवेश गर्न नदिएपछि कतिले त यसअघि महाकाली नदिमा हाम फाल्दै स्वदेश आउने समेत गरे।

सरकारले भारतीय प्रशासनले नै खाना र क्वारेन्टाइनको व्यवस्था गर्ने भन्दै १४ दिनसम्म उनीहरुलाई नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको हो।

नेपालमा रहेका भारतीयको नेपालले व्यवस्था गर्ने र भारतमा रहेका नेपालीको भारतले हेर्ने गरेर व्यवस्था मिलाइएको सरकारले बताउने गरेको छ।

प्राप्त तस्विर हेर्दा क्वारेन्टाइनको न्युनतम मापदण्ड समेत पुरा नगरेको देखिएको छ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय