सरकारलाई बाबुराम भट्टराईको झापड, सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ?

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा. बाबुराम भट्टराईले प्रश्न उठाउनु भएको छ । उहाँले ट्वीटमार्फत भन्नुभएको छ, ‘सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला ?’

डा. भट्टराईले भन्नुभएको छ, ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला । अनि सरकारले किन चीनबाट स्वास्थ्य सामाग्री किन्न सेनालाई अघि सारेको होला ?’  पूर्वप्रधानमन्त्री डा. भट्टराइले प्रश्न गर्नुभएको छ, ‘के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी–टू–जी विधिबाट पहिल्यै किन नल्याएको ?’ डा. भट्टराईले अझै व्यंग्य कस्नुभएको छ, ‘के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय