कोरोना संक्रमितसँगै नेपाल आएका युवकको रिपोर्ट सार्वजनिक

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

विराटनगर । नेपालका चौँथो कोरोना संक्रमित युवकसँग स्वदेश फर्किएका विराटनगरका एक युवकको रिर्पोट सार्वजनिक भएको छ। कोरोना संक्रमणको आशङ्कामा क्वारेन्टाइनमा बसेका विराटनगरका ती युवकको रिपोर्ट नेगेटिभ आएको हो।

उनी धनगढीका कोरोना संक्रमित युवकसँगै युएईबाट दिल्ली हुँदै नेपाल आएका थिए। विराटनगर-१५ बस्दै आएका ३४ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालका फोकल पर्सन डाक्टर डेनप्रसाद आचार्यले पुष्टी गर्नुभएको हो। 

सोमबार कोशी अस्पतालमा उनको थ्रोट स्वाब संकलन भएको थियो। रिपोर्ट नेगेटिभ आए पनि युवकलाई परिवारसहित थप एकसाता क्वारेन्टाइनमै बस्न सुझाव दिएको डाक्टर आचार्यले बताउनुभयो। 

कोरोना भाइरसको महामारी फैलिएपछि गत चैत ६ गते उनी स्वदेश फर्किएका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय