'माथिको आदेश'मा समाचार हटाइएको घटनाको छानबिन गर्न सम्पादकहरुको माग

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । विभिन्न सञ्चार माध्यममा कार्यरत सम्पादकहरुले एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको बिषयबारे छानबिन गर्न माग गरेका छन्।

काठमान्डुप्रेस डटकमले ‘चीनबाट झिकाइएका कमसल स्वास्थ्य सामग्रीको घोटाला प्रकरणमा सरकारका उच्च अधिकारीका आफन्त संलग्न’ भन्ने समाचार अनलाइन डेभलपरले हटाएको प्रति सम्पादकहरुको गभ्भिर ध्यानाकर्षण भएको बताएका छन्। 

सम्पादकहरुले एक विज्ञप्ति निकाल्दै आफ्नो समाचार सिरान टेक्नोलोजिज् प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्टको तर्फबाट हटाइएको प्रति ध्यानाकर्षण भएको बताएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय