कोरोनाले विवादमा तानेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलविरुद्ध अख्तियारमा उजुरी

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । कोरोना भाइरसको प्रकोपसँगै विवादित उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री आयातमा ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उहाँविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार मुद्दा दायर गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपका सञ्चालकविरूद्ध त्रिपाठीले मुद्दा दायर गरेको बताइएको छ । बुधबार साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौडेलले पनि यही प्रकरणमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिनुभएको थियो । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय