घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा घोराही सिमेण्टको खाद्यान्न

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

दाङ । घोराही सिमेण्ट इन्डस्ट्री प्रालिले घोराही उपमहानगरपालिका– ४ का गरिव, विपन्न र मजदूरका लागि खाद्यान्न उपलव्ध गराएको छ ।

घोराही सिमेण्ट उद्योगका प्रतिनिधि अमर सुवेदीका अनुसार उद्योगकै विकास शर्माले १७ क्वीन्टल चामल, १ क्वीन्टल दाल र ३४ लिटर तेल वडाध्यक्ष भीमबहादुर सार्कीलाई हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले लकडाउन गरेको समयमा वडा नं. ४ का गरिव, विपन्न र मजदूरका लागि राहतस्वरुप खाद्यान्न हस्तान्तरण गरिएको उद्योगका प्रतिनिधि सुवेदीले बताउनु भयो ।

घोराही सिमेण्ट उद्योगले यसअघि बंगलाचुली गाउँपालिकाले स्थापना गरेको खाद्य बैंकमा पनि खाद्यान्न उपलव्ध गराएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय