विश्वमै पहिलो पटक कोरोना भाइरसबाट ६ हप्ते शिशुको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

विश्वमै पहिलो पटक कोरोना भाइरसबाट सबैभन्दा कम उमेरका शिशुको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक ६ हप्ते शिशुको मृत्यु भएको हो। यो कोरोना भाइरसका कारण सबैभन्दा कम उमेरमा मृत्यु भएको पहिलो घटना हो। 

अहिलेसम्म कोरोना भाइरसबाट सबैभन्दा बढी वृद्ध तथा अशक्तको मात्र मृत्यु हुने बताइएको थियो। तर भारतको उत्तर प्रदेशमा २५ वर्षीय एक युवकको पनि कोरोना भाइरसबाट मृत्यु भएको थियो। 

त्यो बाहेक यूकेमा पनि २१ वर्षीया युवतीको पनि कोरोना भाइरसबाट मृत्यु भएको थियो। यसअघि अमेरिकामा पनि कोरोनाबाट एक बालकको मृत्यु भएको बताइएको छ। अमेरिकामा अहिलेको कोरोना भाइरसबाट नवजात शिशुको मृत्युको घटनाले भने सबै विज्ञलाई एक पटक फेरि सोच्न बाध्य पारेको समाचारमा जनाइएको छ। किनकी विज्ञले कोरोना भाइरसबाट बालबालिका कम प्रभावित हुने बताउँदै आएका थिए। 

शिशुलाई गतहप्ता अस्पताल भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन्। जाँचका क्रममा उनको रिर्पोट कोरोना पोजेटिभ पाइएको थियो। कोरोना भाइरसबाट नवजात शिशुको मृत्यु भएको उक्त घटनालाई हृदयविदारक भनिएको न्यूयोर्क पोस्टले जनाएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय