के एसईई परीक्षाको नयाँ मिति तोकिएको हो ?

dainikonline
दैनिक अनलाइन | चैत १९, २०७६ बुधबार | 0

काठमाडौं । अहिले राष्ट्रिय परीक्षा बोर्डको नाममा एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको छ।

बोर्डको नाममा जारी गरिएको उक्त सूचनामा एसईई लगायत कक्षा ११ र १२ को परीक्षाको नयाँ मिति तोकिएको दाबी गरिएको छ।

भ्रमपूर्ण उक्त पोस्ट धेरैले सामाजिक सञ्जालमा सेयर समेत गरेका छन्।

तर, उक्त पोस्टमा रहेको जानकारी झुटो रहेको अधिकारीहरुले बताएका छन्। 

शिक्षा मन्त्रालयका अनुसार नयाँ मिति तोक्नेबारे बोर्डको कुनै बैठक नबसेको र सामाजिक सञ्जालमा फैलिएको हल्ला शतप्रतिशत झुटो हो।

आज 'अप्रिल फूल'मा कसैले गलत काम गरेको भन्दै भ्रममा नपर्न अधिकारीहरुले आग्रह गरेका छन्।

यस्तो छ सामाजिक सञ्जालमा फैलिएको 'फेक' सूचना


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय