गोरखपुरमा कोरोनाले लियो २५ वर्षीय युवकको ज्यान

dainikonline
दैनिक अनलाइन | चैत १९, २०७६ बुधबार | 0

गोरखपुर । नेपालसँग सीमा जोडिएको  भारतको उत्तर प्रदेश स्थित गोरखपुर सहरमा घातक कोरोना भाइरस बाट एक २५ बर्षीय युवकको मृत्यु भएको छ।

गोरखपुरमा २५ बर्षीय युवकको निधन कोरोना बाट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल पुगेका थिए। कोरोनाको आशंकामा उनी मार्च २८ तारिखमा गोरखपुरको बीआरडी अस्पतालमा भर्ना भए।

मार्च ३० तारिखको बिहान ८ बजे उनको निधन भयो। त्यसै दिन अन्तिम संस्कार समेत गरिसकिएको छ। 

बुधबार रिपोर्ट आएपछि मृत्यु कोरोना भाइरसले भएको पुस्टि भएको हो। कोरोनाले ज्यान गएको रिपोर्ट सार्वजनिक भएपछि गाउँनै त्रसित बनेको छ।

युवकको गाँउका सबैलाई लकडाउनको आदेश पालना गर्न भनिएको छ। उनको सम्पर्कमा रहेकाहरुको खोजी भइरहेको छ। सबैलाई क्वारेन्टाइनमा राखिने छ।

भारतमा कम उमेरका व्यक्तिको कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।  यसअघि मध्य प्रदेशमा ३५ बर्षीय र बिहारमा ३८ बर्षीय व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो।

गोरखपुरको पछिल्लो यो घटनासँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० नाघेको छ, १७ सय भन्दा बढि संक्रमित बनेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय