अमेरिकामा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा बढीको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत १९, २०७६ बुधबार | 0

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा फैलिएको छ। 

अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ भने ८ लाख ५९ हजार ३४६ जना संक्रमित रहेका छन्। 

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा विश्वकै सबैभन्दा बढी नागरिकको मृत्यु भएको छ। एकै दिन अमेरिकामा ९ सय १२ जनाको मृत्यु भएको छ भने २४ हजार ७४२ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी र संक्रमितको संख्या चीनको भन्दा दोब्बर बढी रहेको छ। 

अमेरिकामा अहिलेसम्म ४ हजार ५३ जनाको मृत्यु भएको छ भने १ लाख ८८ हजार ५३० जना संक्रमित रहेका छन्।  

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने ८१ हजार ५ सय १८ जना संक्रमित रहेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय