ट्रमा सेन्टरद्वारा नियमित सेवा: घरबाटै पनि सेवा लिन सकिने

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ।  

राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताउनुभयो । 

“नियमित स्वास्थ्य उपचारको व्यवस्था गरेको छ, कोरोना अप्रत्याशित रुपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार गरिरहेको छ”, उहाँले भन्नुभयो, “हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौ।”

सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ। चोटपटक लागेका १२ जनाको आज शल्यक्रिया गरेको छ । सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१–४२२५२७५ हटलाइन नम्बरमा बिहान १०ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय